विराटनगरमा साइकलयात्रीलाई मुक्का हान्ने आयुष पक्राउ
विराटनगर | असार २६, २०८०
विराटनगर: जिल्ला प्रहरी कार्यालय मोरङले साइकलयात्रीलाई मुक्का प्रहार गरेको एक युवकलाई पक्राउ गरेको छ ।
मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेमा १९ वर्षीय आयुष भेटवाल रहेका छन् ।
उनले विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई मुक्का प्रहार गरेको स्पष्ट भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । गलत दिशाबाट साइकल चलाएर आएको भन्दै आयुषले साहमाथि मुक्का हानेका थिए ।
गत बुधबार राति साढे ८ बजे विराटनगर महानगरपालिका ४ दुधफार्मस्थित कोशी राजमार्गमा आयुषसहित ३ जना बा १५ च ३४४५ नम्बरको कारमा सवार १८ वर्षीय कुशल भेटुवाल र तेह्रथुमका ३० वर्षीय रोशन कार्की पनि थिए ।
अहिले फरार रहेका कुशल भेटुवाल र रोशन कार्काीलाई प्रहरीले खोजी गरिरहेको बताइएको छ ।
पक्राउ परेका आयुषमाथि ज्यान मार्ने उद्योगमा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडित साहको स्वास्थ्य अवस्था उपचारपछि सामान्य रहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

