विराटनगरमा साइकलयात्रीलाई मुक्का हान्ने आयुष पक्राउ

विराटनगर | असार २६, २०८०

विराटनगरमा साइकलयात्रीलाई मुक्का हान्ने आयुष पक्राउ

विराटनगर:  जिल्ला प्रहरी कार्यालय मोरङले साइकलयात्रीलाई मुक्का प्रहार गरेको एक युवकलाई पक्राउ गरेको छ ।

 

मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेमा १९ वर्षीय आयुष भेटवाल रहेका छन् ।

 

उनले विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई मुक्का प्रहार गरेको स्पष्ट भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । गलत दिशाबाट साइकल चलाएर आएको भन्दै आयुषले साहमाथि मुक्का हानेका थिए ।

 

गत बुधबार राति साढे ८ बजे विराटनगर महानगरपालिका ४ दुधफार्मस्थित कोशी राजमार्गमा आयुषसहित ३ जना बा १५ च ३४४५ नम्बरको कारमा सवार १८ वर्षीय कुशल भेटुवाल र तेह्रथुमका ३० वर्षीय रोशन कार्की पनि थिए । 

 

अहिले फरार रहेका कुशल भेटुवाल र रोशन कार्काीलाई प्रहरीले खोजी गरिरहेको बताइएको छ । 

 

पक्राउ परेका आयुषमाथि ज्यान मार्ने उद्योगमा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

पीडित साहको स्वास्थ्य अवस्था उपचारपछि सामान्य रहेको छ ।
 

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...

थप पढ्नुहोस्

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्